ओखलढुंगामा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, २० उम्मेदवार असहमत

डिसी नेपाल
१२ मंसिर २०८२ १७:२२
68
Shares

ओखलढुंगा । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओखलढुङ्गा जिल्ला कमिटी नेतृत्वले व्यक्तिको स्वार्थमा विधि मिचेर एकलौटी गर्न खोजेको भन्दै २० जना उम्मेदवारले निर्वाचन प्रक्रिया नै अस्वीकार गरेका छन् । शुक्रबार उनीहरुले पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया बहिष्कार गरेको घोषणा गरेका हुन् ।

संविधानसभा सदस्य हर्कबोल राई, नेता शकुन्तला राजभण्डारी, पूर्व जिल्ला अध्यक्ष तथा पूर्व मेयर मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापा लगायत नेताहरूले पत्रकार सम्मेलन गर्दै जिल्ला नेतृत्वलाई विधिसम्मत प्रक्रिया अपनाउन आग्रह गरेका छन्।

पूर्वअध्यक्ष श्रेष्ठले भने, जिल्ला कमिटी र निर्वाचन समितिले केन्द्रीय संगठन विभाग र प्रदेश कमिटीको निर्देशन अवज्ञा गरेको छ। पालिका कमिटीको जायज मागलाई बेवास्ता गरिएको छ। सहमति नभएमा पालिकामै मतदान गरिनुपर्ने हाम्रो अनुरोधलाई नजरअन्दाज गरियो।

श्रेष्ठले थपे, ओखलढुंगाबाट महाधिवेशनमा १२ प्रतिनिधि चयन गर्नुपर्ने अवस्थामा केही नेताले बलपूर्वक लिस्ट टाँस्ने प्रयास गरिरहेका छन्। केन्द्र, प्रदेश र पालिका कमिटीको निर्देशनको अवज्ञाले पार्टीमा गलत प्रवृत्ति स्थापना गर्ने जोखिम बढाएको छ। यो कदम संगठनको हितका लागि उठाइएको हो।

उनीहरूले निर्वाचन समितिले पालिका स्तरमै मतदानको व्यवस्था नगरे प्रतिनिधि छनोट प्रक्रियामा सहभागी नहुने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.