एनपीएलः कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

डिसी नेपाल
१२ मंसिर २०८२ १७:४९
16
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका प्रियांक पांचालले अर्धसतक बनाए। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरि ६३ रन बनाए।

यस्तै विलियम बोसिस्टोले ४८ तथा गुल्शन झाले २० रन बनाए। विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डे ल्यांगले एक एक विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.