डिसी नेपालमा प्रकाशित समाचारप्रति राष्ट्रपतिका सल्लाहकारको ध्यानाकर्षण

डिसी नेपाल
१२ मंसिर २०८२ १९:५२
112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका प्रमुख राजनीतिक सल्लाहकार  सुनीलबहादुर थापाले डिसी नेपालमा  मंसिर दुइ गते  प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाविरुद्ध भारतमा किन त्यस्तो कुरा लगाइयो? शिर्षकको समाचारप्रति आपत्ति जनाएका हुन्।

समाचार प्रकाशित भएका १० दिनपछि थापाले विज्ञप्ति जारी गर्दै भनेका छन्, गत भदौ २३ र २४ गते भएको घट्ना र नेपाली सेनाका सन्दर्भमा मेरो नाम जोडेर अनलाइन सञ्चार माध्यम डिसी नेपाल डट कमले गरेको समाचार प्रकाशनप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ।

उनले आफू लोकतन्त्र, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्छ भन्नेमा दृढ रहेको समेत बताएका छन्त्यसको लागि सामान्य अवस्थामा मात्र होइन जस्तोसुकै सङ्कट आईपर्दा पनि राष्ट्रको सर्वोपरि हित, राष्ट्रिय एकतालाई मजबुद बनाउँदै सबै नेपालीको विश्वास र भरोसाको रुपमा नेपाली सेना रहेकोमा कुनै शंका छैन भन्नेमा म स्पष्ट छु,’ उनले भनेका छन्।

पेशागत व्यावासयिक मूल्य मान्यता, सार्वभौमसत्ता र राष्ट्रियताको सन्दर्भमा नेपाली सेनाले देखाएको दृढ एवम् निष्कपट छवि इतिहासदेखि वर्तमानसम्म हाम्रा सामु छर्लङ्ग रहेको उनले प्रस्ट पारेका छन्

गत भदौ २३ र २४ गतेका सन्दर्भमा नेपाली सेनाले सङ्कट समाधानमा देखाएको अग्रसरताको देश विदेशमा समेत प्रशंसा भएको सन्दर्भमा यस्तो एउटा संस्थालाई जोडेर कपोलकल्पित, असान्दिर्भक, भ्रमपूर्ण एवं चरित्र हत्या गर्ने कुत्सित मनसायले यस्तो समाचार प्रकाशन गर्नु दुःखद हो। यसमा मेरो नाम र मसँग सम्बन्धित संस्थासमेत जोडेर भ्रम सृजना गर्न खोजिएकोप्रति खेद प्रकट गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.