एनपीएल : आजको पहिलो खेलमा लुम्बिनीले पहिला बलिङ गर्दै
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज हुने पहिलो खेलमा लुम्बिनीले पहिला बलिङ गर्दै छ।
शनिबार त्रिवि मैदानमा सुरु हुन लागेको पहिलो खेलमा टस जितेर लुम्बिनीका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय गरेको हो। यो सँगै पोखराले पहिले ब्याटिङ गर्नेछ।
पोखराको लागि यो चौथो खेल हो। उसले २ मा हार र १ मा जित निकालेको छ। लुम्बिनीको भने पाँचौं खेल हो उसले पनि मात्र १ खेल जित्दा बाँकी ३ खेलमा लगातार हार बेहोरेको छ। त्यसैले दुवै टोलीलाई जित आवश्यक छ।
लुम्बिनीलाई भने प्ले अफ संभावनालाई जिवितै राख्न पनि जितको विकल्प छैन। हारले लुम्बिनीको प्ले अफ संभावना अंक गणितमा मात्र बाँकी रहनेछ। गर या मरको स्थितिमा रहेको छ। गत संस्करण पुछारमा रहेको लुम्बिनीलाई थप दबाब भने रहेको छ। यता पोखराले पनि मात्र १ खेल जितेको कारण उसलाई पनि जित उतिकै जरुरी रहेको छ। अंक तालिकामा पोखरा छैटौं र लुम्बिनी सातौं स्थानमा छन्।







डिसी नेपाल








Facebook Comment