तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन नेपाली कम्युनिष्ट पार्टीको अपील

डिसी नेपाल
१३ मंसिर २०८२ १५:२२
24
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग तोकिएको समयमा नै निर्वाचन सम्पन्न गराउन विशेष अपील गरेको छ।

शनिबार नेपाली कम्युनिष्ट पार्टीले एक अपील पत्र जारी गर्दै निर्वाचनलाई विभिन्न बहानामा बिथोल्ने प्रतिगामी चलखेलका सम्भावनाहरु रहेको भन्दै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग अपील गरेको हो।

‘विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई हतोत्साहित गर्ने, सभा सम्मेलन गर्न अवरोध सिर्जना गर्ने, निर्वाचनलाई कुनै बहानामा बिथोल्ने या निर्वाचन परिणामलाई अनुकुल बनाउन प्रतिगामी तथा प्रतिक्रियावादी चलखेलका सम्भावनाहरु अझैपनि विद्यमान छन्,’ अपील पत्रमा उल्लेख गरिएको।

अपील पत्रमा थप भनिएको छ, ‘मुलुकलाई संवैधानिक बाटोबाट परिवर्तनको मार्गमा हिँडाउन घोषित मितिमा निर्वाचन सम्पन्न गराउनु पर्ने कुरामा नेपाली कम्युनिष्ट पार्टी दृढ रहँदै आएको छ। हाम्रो पार्टी संविधान, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको रक्षाका पक्षमा साझा पहलकदमीका लागि सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरुसँग विशेष अपील गर्दछ।’

राष्ट्रिय स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको प्रश्न थप संवेदनशील बन्दै गइरहेको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ।

नेकपाका अनुसार राष्ट्रिय सहमति निर्माण गर्दै संवैधानिक बाटोबाट जनआकांक्षालाई सम्बोधन गर्न जिम्मेवार पहल आजको आवश्यकता बन्न पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.