फुटसल उद्घाटनमा अध्यक्ष ढकालले भने : यो प्रतिस्पर्धा होइन मित्रता र सहकार्य हो

डिसी नेपाल
१३ मंसिर २०८२ १५:२४
52
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको खेलकुद तथा मनोरन्जन फोरमको संयोजनमा महासंघ र राष्ट्रिय कलाकारहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

बालुवाटारस्थित ढुकु पÞmुटसल मैदानमा आयोजना गरिएको सो खेल महासंघको टोलीले कलाकारको टोलीलाई चार गोलका विरुद्ध सात गोल गरेको थियो।

खेलको उद्घाटन महासंघका अध्यक्ष चन्द्र ढकालले रिबन काटेर गरेलगतै महासंघ कार्यसमिति पधाधिकारी र कलाकारबिच १० मिनेटको मैत्रीपूर्ण खेलपश्चात प्रतियोगिता शुरु भएको थियो।

खेलको पहिलो सत्रमा महासंघले कलाकार टोलीलाई ३० अन्तरको दबाबमा राखेपनि दोस्रो सत्रमा कलाकारका तर्फबाट ३३ को बराबरीपछि खेल रोमान्चक बनेको थियो।

महासंघको टोलीले थप ४ र कलाकार टोलीले थप १ गोल गरेपछि एक घण्टाको मैत्रीपूर्ण खेल ७४ अंकमा सकिएको थियो।

खेल उद्घाटन गर्दै महासंघ अध्यक्ष ढकालले खेल केवल प्रतिस्पर्धाका लागि मात्र नभई आपसी मित्रता र सहकार्यको राम्रो अवसर भएको बताए। शुरुको मैत्रीपूर्ण खेल भने ०० मा सकिएको थियो।

खेलमा महासंघका तर्फबाट अध्यक्ष ढकाल, उपाध्यक्षद्वय हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष भरतराज आचार्य तथा कलाकारहरुको टोलीमा शिव श्रेष्ठ, धिरेन शाक्य, रबिन्द्र खड्का, मोहन निरौलालगायतको सहभागिता थियो।

उद्योगी व्यवसायी र कलाकार बीचको मित्रता तथा सद्भावलाई थप प्रभावकारी बनाउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको र नेपालमा वरिष्ठ कलाकारहरुको सहभागिताले खेल रोमाञ्चक तथा सफल भएको कार्यक्रम संयोजक महासंघका खेलकुद तथा मनोरन्जन फोरमका अध्यक्ष हरि बहादुर कार्कीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.