देशभर एकसाथ एमालेका महाधिवेशन प्रतिनिधि छनोट

डिसी नेपाल
१३ मंसिर २०८२ १५:५४
20
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशनका लागि देशैभरी एकसाथ प्रतिनिधि छनौट गरेको छ।

प्रतिनिधि छनौटका लागि मंसिर ११ गते मनोनयन दर्ता गरिएको थियो। केहि क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको छ भने केहि क्षेत्रमा निर्वाचन गरेर प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ।

महाधिवेशनका लागि संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरु सहित करिब २ हजार प्रतिनिधि छनौट गरिएको छ भने प्रवास, जनसंगठन र विभागहरुबाट करिब १ सय प्रतिनिधि छनौट हुने एमालेले जनाएको छ।

प्रतिनिधि छनौटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाएको थियो।

त्यस्तैगरि केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ भने अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्बाट २५ जना प्रतिनिधि गरि जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुने एमालेले जनाएको छ।

एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारा सहित काठमाडौंमा यहीँ मंसिर २७ देखि २९ सम्म पार्टीको ११ औं महाधिवेशन आयोजना गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.