एनपीएल : दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्दै
काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन्।
जनकपुरले आजको खेलमा कप्तान परिवर्तन गरेर आजको लागि कप्तानी वायन पार्नेललाई दिइएको छ।
सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ। सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शिर्ष स्थानमा रहेको छ।
सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो।
जनकपुर बोल्ट्सको यो चौथो खेल हो। जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले हार बेहोरेको थियो।







डिसी नेपाल








Facebook Comment