इन्डोनेसियामा बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
इन्डोनेसिया। इन्डोनेसियाको सुमात्रा टापुमा मंगलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ। बाढी र पहिरोमा परी बेपत्ता ७९ जना मानिसहरूको खोजी जारी छ।
बाढीले सडकमा क्षति पुगेको उल्लेख गर्दै आवाश्यक उपकरणको अभावका कारण उद्धारकर्मीहरूले कठिनाइको सामना गरिरहेका इन्डोनेसियाका अधिकारीहरूले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बिएनपिबी)ले सुरुमा १७४ जनाको मृत्यु भएको रिपोर्ट गरेकोमा हाल मृतकको सङ्ख्या १६४ मा संशोधन गरेको छ। एजेन्सीका प्रमुख सुहारियान्तोले पत्रकार सम्मेलनमा उत्तरी सुमात्रा प्रान्तमा मृतकको सङ्ख्या ११६ पुगेको र उद्धारकर्ताहरूले टापुको पश्चिममा २३ जनाको शव बरामद गरेको जानकारी दिए।
उनले उद्धार टोलीहरूले उत्तरी सुमात्राका १२ सहर र जिल्लाहरूमा प्रभावित क्षेत्रहरूमा पुग्न कठिनाइको सामना गरिरहेको पुष्टि गर्दै बाढीले १७ हजार भन्दा बढी घरहरू डुबानमा पर्दा लगभग २३ हजार मानिसहरु विस्थापित भएको जानकारी दिए।
उष्णकटिबन्धीय चक्रवात सिनियार्टले बढाएको मनसुनी वर्षाले मंगलबार उत्तरी सुमात्राका नदीहरूले खतराको सतह नाघेका छन् भने बाढीले धेरै पहाडी गाउँहरू बगाएको छ। बाढीका कारण तीन हजार २०० भन्दा बढी सरकारी घर तथा भवनहरू डुबानमा परेका थिए। उक्त स्थानमा आश्रय लिइरहेका तीन हजार परिवारसमेत विस्थापित भएका छन्।
बाढीले धान बाली, गाईवस्तु र सार्वजनिक सुविधाहरू पनि नष्ट गरेपछि मानिसहरुको दिनचर्या नै तहस नहस भएको जनाइएको छ।







डिसी नेपाल







Facebook Comment