राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव

डिसी नेपाल
१३ मंसिर २०८२ २०:५९
52
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ। शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत अघि सारेको छ।

मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको हो।

राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन्। शनिबार अपरान्ह राप्रपा नेताहरू बालुवाटार पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.