एनपीएलः ईशान पाण्डेले बने अर्धशतक हान्ने १७औँ खेलाडी

डिसी नेपाल
१३ मंसिर २०८२ २१:५८
48
Shares

काठमाडौं। सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काएका छन्। जनकपुर बोल्ट्सविरूद्ध उनले ३३ बलमा आठ चौका र एक छक्काको मद्दतमा उनले अर्धशतक पूरा गरे।

योसँगै उनी जारी सिजनमा अर्धशतक हिर्काउने १७औँ खेलाडी बनेका छन्। यो अर्धशतकले अर्धशतकको सङ्ख्या २१ पुगेको छ।

यसअघि जारी सिजनमा चितवन राइनोजका रवी बोपाराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक हिर्काएका छन्।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित बर्माले, एडम रोसिङटन, जिमी निशम काठमाडौं गोर्खाजका जोन सिम्प्सन, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमुर्ति र आशिफ शेखले एक/एक अर्धशतक हिर्काएका छन्।

कर्णालीका मार्क वाटले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.