आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

डिसी नेपाल
१४ मंसिर २०८२ ८:२९
20
Shares

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ ।

बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो ।

आजको बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ ।

बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) मा भएका विगतका निर्णय-सम्झौताको कार्यान्वयनको अवस्था-प्रगति एवं ‘संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०)’ को समिक्षा गर्ने कार्यसूचीमा तय गरिएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.