विराटनगर किंग्सका खेलाडीले इण्डियन प्रिमियर लिगबाट नाम फिर्ता लिए

डिसी नेपाल
१४ मंसिर २०८२ १०:३९
3.9k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बिराटनगर किंग्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु प्लेसीले इण्डियन प्रिमियर लिगबाट नाम फिर्ता लिएका छन् । उनले आइपीएल अक्सनबाट नाम फिर्ता लिएर सोही समयमा हुने पाकिस्तान सुपरु लिग खेल्ने निर्णय गरेका हुन् ।

दु प्लेसीले ११ सिजन आइपिएल खेलेका छन् । यस क्रममा उनले डिल्ली र बैंगलोरको कप्तानी समेत गरेका थिए । यस सिजनको नेपाल प्रिमियर लिगका लागि उनी बिराटनगर किंग्ससँग अनुबन्धित छन् । यद्यपि उनले अहिलेसम्म कुनै खेल भने खेलेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.