नेप्सेमा २६.५१ अंकको गिरावट, करोबार रकममा भने वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसुचक घटेको छ। यसअघि बिहीवार १०.४३ अंकले बढेको नेप्से परिसुचक आजभने २६.५१ अंकले घटेर २६४९.५२ विन्दुमा झरेर रोकिएको छ।
आजको बजारमा सेन्सेटिभ इन्डेक्स ४.६७ र फ्लोट इन्डेक्स २.०६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.६६ अंकले घटेको छ।
बिहिवारको बजारमा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएकोमा आजको बजारमा कुल ३४२ स्टकको ७ अर्ब ८ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ३६ हजार कित्ता शेयर किनबेच भएको छ। यो किनबेच ८४ हजार १५६ पटकको कारोबारमा भएको हो।
यस दिन पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सागर डिस्टिलरी, निफ्रा ग्रिन इनर्जी डिबेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
यस दिन एनएमबी डिबेन्चर २०९० को शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ। यस डिबेन्चरको मूल्य प्रतिकित्ता ८.९९ प्रतिशतले घटेको छ।
आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स, जोशी हाइड्रोपवार, ग्रिनभेन्चर लिमिटेड र एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको शेयर सबैभन्दा धेरै कारोर भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो।
यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।







डिसी नेपाल







Facebook Comment