प्रधानमन्त्री सुशीला कार्कीले दिएका अभिव्यक्तिको समर्थनमा र्‍याली

डिसी नेपाल
१४ मंसिर २०८२ १७:३५
256
Shares

सिरहा । प्रधानमन्त्री सुशीला कार्कीले हालै दिएका अभिव्यक्तिहरू सही र न्यायसंगत भएको दाबी गर्दै हिन्दू सम्राट सेना नेपालले सिरहा जिल्लाको गोलबजारमा शान्तिपूर्ण र्‍याली आयोजना गरेको छ ।

र्‍यालीका सहभागीहरूले प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले राष्ट्रियता, धार्मिक सौहार्द र सामाजिक न्यायको पक्ष लिएको भन्दै समर्थनजनक नाराबाजी गरेका थिए। उनीहरू शान्तिपूर्ण रूपमा गोलबजारका मुख्य सडकहरू परिक्रमा गर्दै आफ्नो धारणा सार्वजनिक रुपमा व्यक्त गरेका थिए ।

संगठनका प्रतिनिधिहरूका अनुसार र्‍यालीको उद्देश्य प्रधानमन्त्रीले राष्ट्रहितमा दिएको भनाइलाई समर्थन जनाउनु र समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.