एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
काठमाडाैं। एनएमबि बैंकले कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरू गरेको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन बैंकले यस्तो सेवा सुरु गरेको हो।
यो सेवाले भौतिक र अनलाइन (ई–कमर्स) दुवै प्रकारका व्यवसायीलाई सहयोग पुग्ने बैंकको विश्वास छ । सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्डमार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन्। यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्ने बैंकले जनाएको छ।
पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्छ। यसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँछ । यसरी कार्डबाट हुने कारोबार धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई कम गर्ने बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment