मन भंग नगरौं

डा. चुडामणि नाथ योगी
२१ मंसिर २०८२ ७:३०
24
Shares

जय गुरु गोरखनाथ।

“ॐ श्रीपरमात्मने नमः।”

मन नै जीवनको परम शक्ति हो, साधनाको मूल आधार हो, अध्यात्मयात्राको साधक हो, सुन्दरताको, दिव्यताको द्वार हो, चैतन्य यात्राको सहारा हो तर यदि मन भङ्ग भयो भने यही मन बाधक बन्छ, दुश्मन बन्छ, तर्क, वितर्क, कुतर्कको डरलाग्दो कालो पहाड बन्छ; अनि सम्पूर्ण जीवन यात्रा भंग हुन्छ। त्यसकारण मनलाई हेरौं, बुझौं, मनन गरौँ र क्रमशः शमन गरौँ। मधुर बोलौँ र मनलाई पनि मधुरमय बनाऔं-

“केयूराः न विभूषयन्ति पुरुषं हाराः न चन्द्रोज्ज्वलाः
न स्नानं न विलेपनं न कुसुमं नालङ्कृताः मूर्धजाः।
वाण्येका समलंकरोति पुरुषं या संस्कृता धार्यते
क्षीयन्ते खलु भूषणानि सततं वाग्भूषणं भूषणम्।”।।

अर्थात्- मानिसलाई सिङ्गारपटार, चन्द्रमा जस्तै उज्याला हार वा मालाहरू, धोइपखाली, लालीपाउडर, फूलको सजावट, केशविन्यास आदि कुराले सुन्दर बनाउँदैनन्। जसलाई सुसंस्कृत बनाएर प्रयोग गरिएको हुन्छ त्यही एक बोलीले नै उचित रूपमा सुन्दर बनाउँछ। किनभने गहनाहरू पक्कै खिइँदै जान्छन् तर बोलीको सुन्दरता नै वास्तविक सुन्दरता हो।

वाणी जीवनको शक्ति हो। दिव्य वाणी, गुरुका वाणी, सिद्धहरूका वाणी, महात्माहरूका वाणी नै उत्तम वाणी हुन्। त्यही भएर हाम्रो शास्त्रले, हाम्रो पूर्वीय विज्ञानले, पूर्वीय जीवन दर्शनले एउटा कुरालाई अत्यन्तै महत्वपूर्ण स्थान दिएको छ, त्यो सत्संग हो।

सत्संग भनेको सज्जनहरूको सङ्गत गर्नु, वाणीको अनुसरण गर्नु, सज्जनहरूका सुन्दर सुन्दर वाणीहरू संकलित ग्रन्थहरूको अध्ययन गर्नु भनेको हो। अहिले साइन्स एन्ड टेक्नोलोजीको जमाना छ, सद् गुरुहरूको वाणीको अनुस्मरण विभिन्न माध्यमबाट गर्न सकिन्छ। You can get these kinds of benefit by using all modern Technology। सद्गुरुका सद्वचनहरूको श्रवण गर्नुपर्छ। यो श्रवण गर्दागर्दै आफुलाई विकसित गर्नुपर्छ। त्यही भएर उपनिषद्मा सुन्दर मन्त्र दिइएको छ—
आत्मा वाऽरे द्रष्टव्यः श्रोतव्यः मन्तव्यः निदिध्यासितव्यः।

अर्थात्- आत्मालाई नै हेर्नुपर्छ, सुन्नुपर्छ, मनन गर्नुपर्छ र ध्यान, निदिध्यासन गर्नुपर्छ। आत्माको बारेमा गहिरोसँग बुझ, सुन, र राम्ररी मनन गर, अन्ततः आत्मरूप बन। हामीले सद्गुरुहरूको मन्तव्य, वाणी नित्य श्रवण गर्नुपर्दछ। किनकि हाम्रो व्यस्त जीवन छ। यो व्यस्त जीवनमा कुन बेला मन मलिन हुन्छ ? थाहै हुँदैन।

जति झयाल ढोका लगाए पनि कोठा वा घरभित्र धूलो कहाँबाट पस्छ ! जति सरसफाइ गरे पनि कोठामा, घरमा, टेबलमा, बेडरुममा, कम्प्युटरमा, टि.भी.मा कहाँ कहाँबाट धूलो आएर बस्छ ? र छोप्छ ? थाहै हुँदैन। मन त झन् चञ्चल छ, झन् तीव्र गतिमा परिवर्तन हुन्छ।

कुन बेला कहाँबाट हो ? कसरी हो ? मन मलिन भइहाल्छ। यो मलिन मनलाई निर्मल बनाउन चाहन्छौँ, सहजीकरण गर्न चाहन्छौँ भने सद्गुरुका सद्वाणीहरूको श्रवण गरौँ, अध्ययन गरौँ। यसै सन्दर्भमा गुरु गोरखनाथका दिव्य वाणीहरू पढौं र स्मरण गरौं

“हँसिबा खेलिबा धरिबा ध्यानम्, अहनिसि कथिबा ब्रम्हगियानम्।
हंसै खेलै न करे मन भंग, ते निहचल सदा नाथ के संग।।”

अर्थात्— हाँस्नुहोस्, खेल्नुहोस्, मस्ती गर्नुहोस् तर ध्यान नछोड्नुहोस्। हाँस्दा, खेल्दा पनि तपाईंको ध्यान यति गहिरो होस् कि कदापि मन भंग नहोस्।

हाँसो मानिसको विशेषता हो। ओठ खोलेर हाँस्ने क्षमता नितान्त मानिसको विशेषता हो। अन्य प्राणी मनले खुसी होला तर मुखले हाँसेको देखिँदैन। मुख हाँसेको जस्तो देखियो भने पनि त्यस हाँसोमा भावनाको उपस्थिति छ वा छैन भन्ने जानिँदैन। मानिसको हाँस्नुको उद्देश्य फरक- फरक हुन्छ। स्वार्थमा र अर्काको पीडामा पनि मानिस हाँसेको देखिन्छ।

अर्काले सुख पाएको देखेर र खुसी पाएको देखेर पनि मानिस हाँसेको देखिन्छ। यही हाँसोले मानिसको स्वभाव र जीवनको लक्ष्यलाई जानकारी गराउँछ।
अरुको हारमा हाँस्ने होइन, अरुको प्रगतिमा हाँस्ने हो। अरुको पतनमा होइन, अरुको उत्थानमा हाँस्ने हो। गुरु गोरखनाथ भन्नुहुन्छ, संसारमा आएपछि हाँस्नुपर्छ, खेल्नुपर्छ।

हाम्रा सामाजिक, पारिवारिक क्रियाकलाप छन्। आफ्ना कार्यालयका दायित्व छन्। अथवा आफ्ना कुन- कुन प्रकारका समस्या छन् ती सबै विषयसँग जुध्नु पनि पर्‍यो तर हाँसो, सरलता, सकारात्मकता, बालसुलभता कदापि हराउनु भएन।

You Have to Take All The Responsibility Which Belongs To Your Family, Community And Country But without loosing inner beauty, personality and divinity.

सबै क्रिया गर्ने बेलामा ध्यानको भाव होस्। स्मरण रहोस्, जुन मानिसको जीवनमा ध्यानको भाव छ उसको हाँसो पवित्र हुन्छ, दिव्य हुन्छ र आफैमा आशीर्वाद हुन्छ। जुन मानिसको जीवनमा हाँसो छ, खेल छ अथवा “खेलिबा” को भाव छ, उसका हरेक पारिवारिक, सामाजिक, दैनिक, नित्य क्रियाकलापहरूमा पनि एक प्रकारको आशीर्वाद हुन्छ। एक प्रकारको divinity अलौकिक दिव्यता हुन्छ। त्यही भएर ध्यानमय बन्नुपर्छ।

यहाँनेर गुरु गोरखनाथले ध्यानको नयाँ परिभाषा दिनुभयो। यानिकि ध्यान भनेको केवल आँखा बन्द गर्ने, गुफामा जाने, घर छाड्ने, कसैसँग नबोल्ने, सामाजिक दायित्व नलिने, पहेंलो लुगा लगाउने, टीका लगाउने, माला लगाउने, संस्कृतका ठूला- ठूला श्लोक भट्याउने, मन्दिरमा गएर बस्ने, सामाजिक र पारिवारिक दायित्वबाट पर बस्ने मात्र होइन। गुरु गोरखनाथ त्यस्तो खालको ध्यानको, योगको कुरा गर्नुहुन्न; जुन योगले तपाईलाई परिवार, समाज, नागरिक दायित्वबाट अलग गर्छ।

जुन योगले, ध्यानले तपाईलाई निराश, एक्लो, खिन्न, Incomplete  बनाइदिन्छ; त्यो योग योग होइन, त्यो ध्यान ध्यान होइन। तपाईं कम्प्युटरको scientist हो।

You Can Play With The Computer But With Meditation. What Is Meditation ? Being Peaceful. What Is Meditation ? Having Positive Attiuted And Stable Mind. What Is Meditation ? Doing Something Right with Right Intention. Meditation does not mean closing the Eyes only Or Sitting Idly.

तपाईंको शरीरमा जुन सकारात्मक उर्जा छ, त्यही ध्यान हो, योग हो। अहोरात्र ब्रम्हज्ञानमा डुब्नुहोस्। तपाई किसान, कम्प्युटर एक्सपर्ट, सोसियोलोजिस्ट, अर्थशास्त्री, राजनीतिज्ञ, गणितज्ञ हो तर अहोरात्र ब्रह्मज्ञानमा रम्नुहोस्।

No matter where are you ? No matter who you are ? No matter what kind of post and degree you have ? no matter what kind of position you have ? But you must have spiritual awareness and inner feeling of consciousness.

एकछिन शास्त्र पढ्यो, अन्य कथा, दिव्य वाणी सुन्यो, पढ्यो तर बन्द गरेपछि भने जीवनका क्रियाकलाप गर्ने बेलामा अनेक- अनेक जे मन लाग्यो त्यही गर्ने ? विभिन्न धार्मिक स्थलमा गएको बेलामा असल व्यवहार र सुन्दर सुन्दर वाणी प्रयोग गर्ने, सबैको भलो होस् भन्ने, गरीबलाई २- ४ पैसा पनि दिने, भोकालाई भोजन पनि दिने, कोही रोगी, दुःखी नहून् भन्ने, सबै मिलेर बस्न, खान र दिव्य कर्म गर्न सकौं भन्ने अनि बाहिर निस्केपछि भने सबैलाई चुना लगाउने ? घरमा आएर आमाबुवासँग झगडा गर्ने ? मन्दिरमा गएर देवीको पूजा गर्ने तर घरमा आएर आफ्नै देवीसँग झगडा गर्ने ? त्यस्तो हुँदैन।

तपाईं ब्रम्हज्ञानको साधनामा लाग्न चाहनुहुन्छ भने देखावटी नगर्नुहोस्, घरमै आमाबुवाको सेवा गर्नुहोस्। मन्दिरमा गएको बेलामा, प्रार्थना गृहमा गएको बेलामा, सभागृहमा गएको बेलामा मात्रै राम्रो राम्रो कुरा बोल्ने, प्रवचन गर्ने होइन।

अर्थात् समाजमा भएको बेलामा, कार्यालयमा भएको बेलामा, बसमा चढ्ने बेलामा, गोरेटो, दोबाटोमा हिंड्ने बेलामा जोसँग पनि जहाँ पनि जस्तो सुकै ठाँउमा भेटेको अवस्थामा पनि तपाइको ब्रह्मज्ञानको भाव स्थिर होस्।

आजभोलि हामी दहीचिउरे चरित्र (Dual character) मा छौं। मन्दिरमा एउटा छ, घरमा अर्को चरित्र छ। शास्त्र पढ्ने बेलामा एउटा छ तर व्यवहारमा अर्को छ। प्रवचनमा एउटा छ तर त्यहाँबाट उठ्ने बितिकै अर्को चरित्र छ। योग र अध्यात्मको मार्ग, साधनाको मार्ग हो। अध्यात्म र साधनाको मार्गमा दहीचिउरे चरित्रले काम गर्दैन।

अथवा अझ साधारण भाषामा भन्ने हो भने यदि तपाईं जीवनमा साँच्चिकै सुन्दरताको अनुभूति गर्न चाहनुहुन्छ भने No Dual Character. अर्थात् तपाईं जस्तो हुनुहुन्छ उस्तै बन्नुहोस्। तपाईं जहाँ- जहाँ रहनुहुन्छ स्थिर चरित्रमा रहनुहोस्।

खानुहोस्, पिउनुहोस् खानामा, पिउनुमा समस्या छैन, तर कस्तो खाना खाने ? जुन कुराले मन भंग हुँदैन। कस्तो कुरा पिउने ? जुन कुराले मन मलिन हुँदैन। योग र अध्यात्मको मार्गमा लाग्यो भन्दैमा शरीरलाई अनावश्यक दुःख दिन पनि हुँदैन। उपनिषद्मा एउटा भनाइ छ- “शरीरमाद्यं खलु धर्मसाधनम्।” अर्थात्- पहिले शरीरको ध्यान राखौँ, अनि धर्मको साधना गरौँ।

शरीरको रक्षा र निरोगी शारीरिक अवस्था नै सुखको पहिलो अवस्था हो। बुद्धले शरीरलाई दुःख दिए, पीडा दिए, खाएनन्। शरीर सुक्न थाल्यो, मरणासन्न अवस्थामा पुगे। त्यही बेला सुजाता भनिने कुनै ग्रामीण बालिकाले खीर ल्याउँछिन् र त्यो खीर खाएपछि साधना गर्दै जाँदा अचानक बुद्धमा एउटा नयाँ ज्योतिको यात्रा सुरु हुन्छ, बुद्धलाई बुद्धत्व प्राप्त हुन्छ।

यही कुरा गुरु गोरखनाथले सयौं वर्ष पहिला भनेका थिए। यस्तो कुरा खानुहोस्, पिउनुहोस्, जसले मन भंग नहोस्। खाना खाने घरको वातावरण पनि मिलाउनुहोस्। खाना खाँदा पनि कुनै अनुष्ठान, यज्ञ, प्रार्थना, साधना भइरहेको जस्तो झल्को प्राप्त होस्।

आमाबुवा, छोराछोरी, परिवारका हरेक सदस्य आनन्दले बसून्, प्रेमले भोजन गरून्। We have to take care of this body but We should not Be Attached With body.  त्यस्तो अनासक्त व्यक्ति जो हो, ऊ जहिले पनि गुरु गोरखनाथको आशीर्वाद प्राप्त गर्न योग्य छ।

त्यस्तो ईश्वरवृत्ति भएको, निर्मल व्यक्तित्व भएको, विशुद्ध भाव भएको व्यक्ति गुरु गोरखनाथको प्रिय हो। तपाईं जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आफूलाई ध्यानमय, योगमय बनाउनुहोस्। त्यहीँ अध्यात्मको प्रकाश ल्याउनुहोस्। दैनिक क्रियाकलापदेखि भाग्ने होइन। त्यही क्रियाकलापमा अध्यात्म खोज्ने हो। त्यहाँ तपाईंले spiritual integrity गर्ने हो।

गुरु गोरखनाथका वचन ज्यादै सुन्दर छन् र व्यावहारिक (Practical) छन्। अहिलेको यो Complicated Life, Complicated Age, Fast Life, Consumer Society को बेलामा मान्छे भागेको छ, भागेको छ।

यस्तो बेलामा मान्छेले आफूलाई कसरी द्यबबिलअभ गर्ने ? यस्तो बेलामा व्यस्त बन्दाबन्दै मस्त कसरी रहने ? जान्नु आवश्यक छ। व्यस्त बन्नुभयो, मस्त बन्नु भएन भने अस्तव्यस्त हुन्छ। यस्तै क्रममा गुरु गोरखनाथको वाणी जीवन उपयोगी हुन्छ। मन भंग हुने कर्म नगरौँ। मनको गतिलाई बुझौं।

मनसँग सकारात्मक सम्बन्ध कायम गरौँ। मनसँग सहज संवाद गरौँ, मनलाई दमन नगरौं, शमन गरौँ। मनको बन्धनमा नफसौं तर मनलाई पनि बन्धनमा पार्ने दुष्प्रयास नगरौं। मात्र मनलाई हेरौं, बुझौं, तटस्थ भावले हेरौं र व्यवहार गरौँ। एक दिन बन्धन आफै फुक्छ किनकि वास्तवमा त्यहाँ कुनै बन्धन नै छैन।

बन्धन त एक क्षणिक अवस्था मात्र हो, अज्ञानद्वारा, विभिन्न प्रकारका वृत्तिद्वारा क्षणिक रूपमा जन्मिएको। जब मनको कुनै वास्तविक मूल सत्ता नै छैन भने किन डराउने ? किन भाग्ने ? मात्र यसलाई हेरौं, बुझौं, “हँसिबा खेलिबा” को भावमा ध्यान गर्दै जाऔँ अनि यसरी एकदिन मनको कृत्रिम, अवास्तविक, अप्राकृतिक क्षणिक सत्ता आफै विलीन भएर जान्छ। सूर्य उदाए पछि अन्धकार रहन्छ र ? ज्ञान जागे पछि अन्धकार रहन्छ र ? चेतना खुलेपछि मन रहन्छ र ?

हँसिबा भनेको पोजिटिभ इमोसन हो भने खेलिबा भनेको पोजिटिभ एक्सन हो। ध्यानस्थ भएर हर कर्म गर्नु र रहनु नै हँसिबा खेलिबाको विशेषता हो। दिनमा गरिने क्रियाकलापका साथै राति सपनामा पनि ब्रह्मभाव नछुटोस्। खानु र पिउनु जीवनको आवश्यकता हो, लक्ष्य होइन भन्ने बोध नगुमोस्। कदापि मन भंग नहोस्। यही नै निष्कर्ष वा सारांश हो यस विश्वप्रसिद्ध महान् गोरखवाणीको।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.