सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्ड

डिसी नेपाल
१६ मंसिर २०८२ १२:४०
208
Shares

काठमाडौं। सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राखिएको हो।

सशस्त्र प्रहरी बलमा कानुन तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा प्रक्रियामा अवरुद्ध बनेको हो। गृहमन्त्री ओमप्रकाश अर्यालका काका एसएसपी युवराज अर्याललाई डिआईजी बनाउने कानुनमा दरबन्दी थप गरिएको थियो।

१४ जनाको कमाण्ड गर्न डिआईजीको दरबन्दी सिर्जना गर्नुले संगठनमा विवाद उत्पन्न भएको थियो। आइजीपी राजु अर्यालले तीन वर्षसम्म विवादमा आउने कुनै काम नगरेका बेला १४ जना कर्मचारीका लागि एक दरवन्दी थप गरेर सिंगो संगठनका सदस्यलाई निराशामा राखेको गुनासो गर्न थालिएको छ।

‘जेन-जी’ आन्दोलनको जगमा बनेको सरकारले डिआईजीको दरबन्दी थप गर्ने निर्णय विवादमा परेपछि ‘करेक्सन’ गर्ने सम्भावना बढेको छ। यद्यपि सच्याई हाल्ने अवस्था भने छैन। कालिदास धौबजीको स्थानमा कृष्णप्रसाद पाठकलाई बढुवा गरेपछि पछिल्लो डिआइजी पद होल्डमा पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.