चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

डिसी नेपाल
१६ मंसिर २०८२ १३:२८
8
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।

मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो।

जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.