रुस-युक्रेन युद्धको अन्त्यको बारेमा छलफल गर्न ट्रम्पका विशेष दूत मस्कोमा
काठमाडौं । रुसको सरकारी समाचार एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को आइपुगेका छन्।
विट्कफ मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गरेका छन्, जहाँ उनले रुसका प्रमुख वार्ताकार किरिल दिमित्रीभलाई भेट्नेछन्।
त्यसपछि विट्कफले राष्ट्रपति पुटिनसँग भेटेर रुस-युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्नेछन्। पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले ट्रम्पका ज्वाइँ जारेड कुशनरले पनि वार्तामा भाग लिने बताए।
यो बैठक युक्रेनी र अमेरिकी अधिकारीहरू बीच अमेरिकाको २८-बुँदे शान्ति योजनालाई सुधार गर्ने विषयमा दुई दिनको वार्तापछि भएको हो, जुन योजना रूसको लागि लाभदायक मानिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment