रुसी तेलका कारण भारतमाथि लगाइएको करको बारेमा पुटिनका प्रेस सचिवले के भने ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसी तेल खरिदका कारण भारतमाथि लगाइएको उच्च अमेरिकी करको बारेमा सोधिएको प्रश्नको जवाफ दिएका छन्।
अनलाइन पत्रकार सम्मेलनमा दिमित्री पेस्कोभले भने , “हामी अमेरिका र भारतबीचको कूटनीतिक सम्बन्धमा हस्तक्षेप गर्न सक्दैनौं। हामी बुझ्छौं कि भारत दबाबमा छ। त्यसैले हामीले कुनै पनि तेस्रो देशको प्रभावबाट मुक्त पारस्परिक सम्बन्ध निर्माण गर्दा सावधानी अपनाउनुपर्छ।”
“हामीले हाम्रा पारस्परिक सम्बन्ध र व्यापारलाई सुरक्षित राख्नुपर्छ, जसले दुवै देशलाई फाइदा पुर्याउँछ। हामीलाई थाहा छ कि भारत आफ्नो राष्ट्रिय हित निर्धारण गर्न स्वतन्त्र छ। हामी भारतको यो अद्वितीय गुणको कदर गर्छौं।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बर ४-५ मा भारतको राजकीय भ्रमण गर्नेछन् । यस भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नेछन् र राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई आतिथ्य प्रदान गर्नेछिन्।







डिसी नेपाल







Facebook Comment