भेनेजुएलाको डुङ्गामा अमेरिकाले आक्रमण गरेको पुष्टि
काठमाडौं । अमेरिकाका एक शीर्ष नौसेना कमाण्डरले भेनेजुएलाको लागूऔषध डुङ्गामा दोस्रो सैन्य आक्रमणको आदेश दिएको अमेरिकी प्रशासनले पुष्टि गरेको छ।
यो डुङ्गामा लागूऔषध बोकेको आरोप छ।
सोमबार, ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एडमिरल फ्र्याङ्क ब्राडलीले आफ्नो अधिकार र कानून भित्र रहेर थप हमलाहरू गरेको बताइन्।
उनले यो पनि भनिन् ‘रक्षामन्त्री पिट हेगसेथले आक्रमणहरूलाई अधिकार दिएका थिए, तर अमेरिकी पत्रिका ‘द वाशिंगटन पोस्ट’ ले रिपोर्ट गरेझैं ‘सबैलाई मार्ने’ कुनै आदेश दिएका थिएनन्।’
पहिलो विस्फोटमा दुई जना बाँचेका र जलिरहेको डुङ्गामा रहेको बताइएको छ, त्यसपछि दोस्रो आक्रमण गरिएको थियो।
रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका सांसदहरूले यस घटनाप्रति चिन्ता व्यक्त गरेका छन् र यसको समीक्षा कांग्रेस (अमेरिकी संसद) स्तरमा गरिने बताएका छन्।







डिसी नेपाल







Facebook Comment