३५ वर्ष पुरानो बहुचर्चित अपहरणका अभियुक्त भनिएका व्पक्ति पक्राउको भोलिपल्टै अदालतबाट रिहा

डिसी नेपाल
१६ मंसिर २०८२ २१:२३
592
Shares

काठमाडौं । भारतको बहुचर्चित रुबैया सईद अपहरण मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) द्वारा पक्राउ परेका अभियुक्त शफत अहमद शाङ्लुलाई मंगलबार विशेष अदालतले रिहा गरेको शाङ्लुका वकिलले बताएका छन्।

डिसेम्बर १ मा सीबीआईले एक प्रेस विज्ञप्ति जारी गर्दै भन्यो, “सीबीआईले मुफ्ती मोहम्मद सईदकी छोरी रुबैया सईदको अपहरणसँग सम्बन्धित ३५ वर्ष पुरानो मुद्दामा फरार रहेका शफत अहमद शाङ्लुलाई पक्राउ गरेको छ।”

सीबीआईले आरोप लगाएको छ कि आरोपी शाङ्लुले यासिन मलिक र अन्यसँग मिलेर षड्यन्त्र रचेका थिए। सीबीआईका अनुसार, शाङ्लुको टाउकोमा १० लाख रुपैयाँको इनाम थियो।

शाङ्लुका वकिल शफत अहमद दारले शाङ्लु विरुद्ध कुनै प्रमाण नभएको बताए।

उनले भने , “सीबीआईले टाडा अदालतमा निवेदन दिएको थियो। शफत अहमद शाङ्लु ३५ वर्षदेखि फरार रहेको आधारमा उनीहरूले न्यायिक हिरासतको माग गरिरहेका थिए। तर आज अदालतले फाइल जाँच गर्दा शाङ्लु विरुद्ध केही फेला परेन, त्यसैले उनलाई रिहा गरियो।”

वकिलले भने – शाङ्लु फरार थिएनन् र श्रीनगरमा नै व्यापार गरिरहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.