एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

डिसी नेपाल
१७ मंसिर २०८२ ७:०७
92
Shares

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन्। यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ। दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन्।

विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ। विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ।

लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.