ललितपुर महानगरपालिकाको सबै संरचना अपाङ्गतामैत्री छन् : मेयर महर्जन

डिसी नेपाल
१७ मंसिर २०८२ १५:१२
20
Shares

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको सबै संरचनाहरु अपाङ्गतामैत्री भएको बताएका छन्।

बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले महानगरपालिकाले लगभग २३, २४ वटा वडा कार्यालय र धेरै वटा स्कुलहरु अपाङ्गतामैत्री बनाईसकेको बताए।

उनले भने, ‘अहिले हामीले ललितपुर महानगरपालिकाको जे जति संरचनाहरु बनाएका छौ। ती संरचनाहरु सबै नै अपाङ्गतामैत्री छ। हामीले लगभग २३, २४ वटा वडा कार्यालय बनायौं। त्यो सबै नै अपाङ्गतामैत्री छ। हामीले धेरै वटा स्कुलहरु बनायौं त्यो सबै पनि अपाङ्गतामैत्री छ।’

यस्तै, गत वर्ष अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर अपाङ्ग भएका व्यक्तिहरुको लागि पाटन क्षेत्र अवलोकन पनि सहज बनाउने कार्य भएको उनले जानकारी दिए।

साथै, जलाइएको अपाङ्गतामैत्री गाडीभन्दा राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको र दुई वटा दम्कलको लागि पनि काम अघि बढेको उनको भनाई छ।

उनले भने, ‘हामीले अपाङ्गतामैत्री गाडी जुन जलाइयो त्योभन्दा पनि राम्रो प्रविधि भएको अर्को गाडी किन्नको लागि टेन्डर छापि सकेको छ। यसको साथै दुई वटा दम्कलको लागि पनि अघि बढेका छौ। यस्तै कार्यमा हामी क्रियाशिल भईरहेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.