एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलंकासँग छनोट
काठमाडौं। एसीसी पुरुष यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो।
प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन्।
प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन्। नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ। दोस्रो डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ।
नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन्। दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ।








डिसी नेपाल






Facebook Comment