१३ वर्षका बालकले आफ्नो परिवारको हत्या गर्नेलाई मृत्युदण्ड दिए
काठमाडौं । मंगलबार अफगानिस्तानको खोस्त प्रान्तको एक रंगशालामा ८०,००० मानिसहरूको अगाडि एक अपराधीलाई गोली हानी मारिएको छ। अमू न्यूजका अनुसार गोली चलाउने व्यक्ति १३ वर्षीय बालक थिए।
१३ वर्षीय बालकले गोली हानेका हत्यारा पुरुषमाथि बालकको परिवारका १३ सदस्यको हत्या गरेको आरोप लगाइएको थियो, जसमा धेरै बालबालिका र महिलाहरू पनि समावेश थिए।
मृत्युदण्ड दिनुअघि, तालिबान अधिकारीहरूले १३ वर्षीय बालकई सोधे – के तिमी अभियुक्तलाई माफी दिन चाहन्छौ? बालकले अस्वीकार गरे। त्यसपछि अधिकारीले उसलाई बन्दुक दिए र आफ्नो अगाडि उभिरहेको मानिसलाई गोली हान्न आदेश दिए।
तालिबान सर्वोच्च अदालतका अनुसार मारिएका व्यक्ति मंगल खान थिए, जसले अब्दुल रहमान नामक व्यक्तिको हत्या गरेका थिए।
खोस्त प्रहरी प्रवक्ता मुस्ताघफिर गोर्बाजका अनुसार पीडित र हत्यारा दुवै आफन्त थिए। यस मुद्दामा अन्य दुई दोषीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो, तर केही पीडितका उत्तराधिकारीहरू त्यस समयमा उपस्थित नभएका कारण उनीहरूको मृत्युदण्ड पछिलाइ सारिएको थियो।
एक दिन अघि, तालिबानले खोस्टको सेन्ट्रल रंगशालामा कार्यक्रम हेर्न जनतालाई भेला हुन आमन्त्रित गर्दै सूचना जारी गरेको थियो।
मंगला खानलाई मृत्युदण्डको सजाय सुनाएपछि, तालिबान सर्वोच्च अदालतले घटनाको विवरण सहितको एक प्रेस विज्ञप्ति जारी गर्यो। त्यसमा भनिएको थियो – एक हत्यारालाई सार्वजनिक रूपमा किसास (जीवनको बदला जीवन) सजायको रूपमा मृत्युदण्ड दिइएको थियो।
अपराधी, मंगल खान, मूल रूपमा पक्तिया प्रान्तका थिए र खोस्तमा बस्दै आएका थिए। उनले खोस्तका अब्दुल रहमान, सबित र अली खानको हत्या गरे।
यो मुद्दालाई तीनवटा तालिबान अदालतहरू (प्राथमिक, पुनरावेदन र तमिज) ले गहन रूपमा जाँच गरेका थिए। तीनै अदालतले सर्वसम्मतिले किसास आदेशलाई अनुमोदन गरेका थिए।
आदेशलाई अन्तिम रूपमा मौलवी हिबतुल्लाह अखुन्दजादा (तालिबानका सर्वोच्च नेता) लाई पनि पठाइएको थियो, जसले आफ्नो स्वीकृति दिए।
हत्याको समयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, खोस्तका गभर्नर, खोस्त पुनरावेदन अदालतका प्रमुख र अन्य सरकारी अधिकारीहरू सहित ठूलो संख्यामा मानिसहरू रंगशालामा उपस्थित थिए।
अगस्ट १५, २०२१ मा अफगानिस्तानमा तालिबानले पुनः सत्ता कब्जा गरेपछि मृत्युदण्डको सजाय सुनाइएको यो ११ औं पटक हो। अमू टिभीको रिपोर्ट अनुसार, तालिबान सर्वोच्च अदालतले विगत चार वर्षमा १७६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
तालिबान कानून अन्तर्गत, हत्या, व्यभिचार र चोरी जस्ता अपराधहरूलाई मृत्युदण्ड, अंगभंग वा कोर्रा लगाउन सकिन्छ।







डिसी नेपाल








Facebook Comment