एनपीएल : लुम्बिनीसँग विराटनगर ५ विकेटले पराजित

डिसी नेपाल
१७ मंसिर २०८२ १९:४०
104
Shares

काठमाडौं। लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जीत निकालेको छ।

जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर्‍यो। जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्‍यो। जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे।

विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ र बसिर अहमदले १ विकेट हात पारे। यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनायो। विराटनगरका लोकेश बमले सर्वाधिक ३५, बसिर अहमदले २८, साम हिजलेटले २७ रन जोडे। लुम्बिनीका शेर मल्लले ३ विकेट झारे।

यो जीतसँगै छ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ। छ खेलबाट आठ अंक रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.