पुटिनसँगको भेटपछि अमेरिकी विशेष दूत विटकफले युक्रेनलाई के भने ?

डिसी नेपाल
१७ मंसिर २०८२ २२:०५
284
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि अमेरिकी विशेष दूत स्टिभ विटकफले युक्रेनसँग वार्ता गरेको युक्रेनी विदेशमन्त्री एन्ड्री त्सिबिहाले बताए।

विटकफले युक्रेनलाई युद्ध अन्त्य गर्ने बारेमा पुटिनसँगको छलफल सकारात्मक भएको बताएका छन्।

युक्रेनी विदेशमन्त्री एन्ड्री त्सिबिहाले युक्रेनलाई थप वार्ताका लागि चाँडै संयुक्त राज्य अमेरिकामा आमन्त्रित गरिएको बताए।

रुसले राष्ट्रपति पुटिन अमेरिकाको शान्ति प्रस्तावका केही भागहरू विचार गर्न तयार रहेको बताएको छ।

रुसी अधिकारीहरूले यसअघि मंगलबार भएको वार्ताले कुनै नतिजा नल्याएको बताएका थिए।

यसैबीच, ब्रसेल्समा भएको नेटो विदेश मन्त्रीहरूको बैठकमा नेटो महासचिव मार्क रुटले सदस्य देशहरूलाई युक्रेनको समर्थन घटाउन नदिन अपील गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.