धोबीखोला करिडोरमा लगाइयो फलामे बार

डिसी नेपाल
१८ मंसिर २०८२ १५:१३
40
Shares

काठमाडौं । काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्वार दुर्घटना हुनथालेपछि स्थानीय व्यवसायी तथा समाजसेवीहरूले रेलिङ राख्न सुरु गरेका छन्।

धोबीखोला करिडोरमा रेलिङ नहुदा रातको समयमा रुद्रमति पुलनजिक बारम्वार दुर्घटना भएको र अहिलेसम्म दुई जनाको मृत्यु समेत भएकाले स्थानीय व्यवसायी तथा समाजसेवीहरूले आफ्नै खर्चमा रेलिङ राख्न सुरु गरेका हुन्।

पुलनजिकको बाटोमा रेलिङ नभएकाले रातको समयमा झुक्किएर खोलामा खस्ने घटना बढेको स्थानीयहरूले जनाएका छन्। बारम्वार दुर्घटना हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएपछि आफूहरू मिलेर रेलिङ राख्न सुरु गरिएको व्यवसायी मोहन भण्डारीले बताए।

बिहीबार बिहान रुद्रमति पुलनजिक धोबीखोला करिडोर एक व्यक्ति साइकलसहित मृत फेला परेका थिए। उनी रातको समयमा साइकलबाट यात्रा गर्दा झुक्किएर खोलामा खसेको पाइएको प्रहरीले जनाएको छ। यसअघि कार, ट्याक्सी, मोटसाइकल, पैदल यात्रु समेत खोलामा खसिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.