पाकिस्तान-अफगान व्यापारिक मार्ग कहिले खुल्छ ?

डिसी नेपाल
१८ मंसिर २०८२ २०:३९
12
Shares

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले फेरि एक पटक भनेका छन् – अफगानिस्तानले पाकिस्तानबाट आश्वासन पाएपछि मात्र पाकिस्तानसँग व्यापार मार्ग खोल्नेछ।

मुजाहिदले एक्समा लेखेका छन् – पाकिस्तानले अवैध रूपमा व्यापार र ट्रान्जिट मार्गहरू बन्द गरेको छ, जसले दुवै देशका जनता र व्यापारमा उल्लेखनीय प्रभाव पारेको छ।

उनले भने – अफगानिस्तानले धेरै देशहरूबाट आफ्नो आवश्यकताहरू पूरा गर्दछ। त्यसैले, इस्लामिक इमिरेट्सले पाकिस्तानले भविष्यमा राजनीतिक दबाब वा अन्य अनुचित उद्देश्यका लागि यी मार्गहरू प्रयोग गरिने छैन भन्ने आश्वासन दिएमा मात्र व्यापार र पारवहन बढाउनको लागि मार्गहरू खोल्ने निर्णय गरेको छ।

मुजाहिदका अनुसार यसको उद्देश्य भविष्यमा व्यापारी र जनताको अधिकार सुरक्षित राख्नु हो।

हालै, सीमावर्ती क्षेत्रमा पाकिस्तान र अफगान तालिबानबीच धेरै झडपहरू भएका छन्, जसले व्यापारमा ठूलो प्रभाव पारेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.