पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्छ : बादल

डिसी नेपाल
१९ मंसिर २०८२ १५:२४

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टी नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन्।

प्रेस चौतारीले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा बादलले विभिन्न शक्तिहरूले मुलुक र पार्टीको नेतृत्वलाई सिद्धाउने षडयन्त्र गरिहरको भन्दै यस अवस्थामा नेतृत्वको रक्षा गर्दै प्रतिक्रान्तिको षड्यन्त्र चिर्नुपर्ने बताएका छन्।

महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर जानुपर्ने उल्लेख गर्दै उनले विद्यमान पार्टीको विधानलाई संशोधन गरेर भएपनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने धारणा राखे।

त्यसैगरि उनले सिंगो कम्युनिष्ट आन्दोलनाई समेत एकताबद्ध गर्नुपर्ने अवस्थामा फेरिपनि अध्यक्ष केपी ओलीले पार्टीको नेतृत्व गर्नुपर्नेमा जोड दिए।

प्रतिष्पर्धाको नाममा हुने गतिविधिले पार्टीलाई नै कमजोर बनाउने उनले बताए। त्यस्तै उनले मुलुकलाई संवैधानिक बाटोमा फर्काउनु अपरिहार्य भएकोले प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.