सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर

डिसी नेपाल
२० मंसिर २०८२ ८:४७
28
Shares

मकवानपुर। हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक भत्काउन सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार बिहानैदेखि जेसीवी प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो।

सडक सीमा भित्रको २५-२५ गज क्षेत्र खाली गराउने गरी हेटौंडा–१० राप्ती रोडमा जेसीवी प्रयोग गरिएको छ। कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना हटाइएको हो।

२०३४ सालदेखि नै हेटौंडामा सडक विस्तारको प्रयास भए पनि रोकिँदै आएको थियो। हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकबाट सामरी पुलसम्म सडक विस्तार शुरु भएको हो।

२५ मिटर क्षेत्रमा परेका घर टहरा हटाउँदै हेटौँडामा राजमार्गको आवागमनसमेत वैकल्पिक व्यवस्था गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.