भक्तपुरमा योमरी उत्सव तथा खाना महोत्सव सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाले आज यहाँ योमरी उत्सव, खाना महोत्सव, स्थानीय उत्पादनको प्रर्दशनी एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
भक्तपुरको सूर्यमढीबाट नगरप्रमुख सुनिल प्रजापतिले शुभारम्भ गर्नुभएको योमरीका विभिन्न परिकारसहितको सांस्कृतिक र्यालीले नगरका विभिन्न क्षेत्र परिक्रमा गरी दत्तात्रयमा आएर महोत्सवमा परिणत भएको थियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँेले उद्घाटन गर्नुभएको एकदिने महोत्सवमा स्थानीय परिकारको स्वाद लिन स्वदेशी तथा विदेशी पर्यटकको भीड लागेको थियो।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिका आफैँमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको सहर रहेको बताउँदै यहाँको इतिहास, सम्पदा, सांस्कृतिक नाचलगायतले पर्यटकलाई आकर्षित गरिरहेको उल्लेख गरे।
नगरप्रमुख प्रजापतिले कला, संस्कृति, सम्पदा र परिकारलाई जाडेर पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले यस प्रकारको कार्यक्रम आयोजना गरेको बताए। यसले स्थानीय परिकार, कला, संस्कृतिको पहिचान बढाउन र व्यावसायिक रूपमा यहाँका परिकारको प्रवर्द्धन गर्न टेवा पुग्ने उनको भनाइ थियो।
महोत्सवमा सहभागि हुन उपत्यकाका विभिन्न जिल्ला र विभिन्न ठाउँबाट आन्तरिक पर्यटककोसमेत घुइँचो लागेको थियो। नगरपालिकाले दत्तात्रयलगायत स्थानमा यामरी प्रर्दशनी, सल्ला गणेश, क्वाठण्डौँ, सूर्यमढी, जेलाँलगायत स्थानमा खाना महोत्सव तथा स्थानीय उत्पादनको प्रर्दशनी गरिएको छ। त्यस अवसरमा योमरी, बारा, चटामरी, जुजु धौ, मःमःलगायत विभिन्न स्थानीय परिकारको राखिएका थिए। रासस







डिसी नेपाल








Facebook Comment