मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने

डिसी नेपाल
२१ मंसिर २०८२ १४:१७
40
Shares

काठमाडौं। मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ।

महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो।

नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै गएको, द्वन्द्व, हिंसा र आतङ्कका घटनामा वृद्धि भएको तथा संविधानले सुनिश्चित गरेका अधिकारहरू समेत पटक–पटक उल्लङ्घन भइरहेका परिप्रेक्ष्यमा यो महाभेला आयोजना गर्न लागिएको आयोेजक संस्थाले जनाएको छ।

युवा आन्दोलनपछिको राजनीतिक संक्रमण, राजनीतिक दलहरू, आन्दोलनकारी युवाहरू र अन्य समूहबीच कायम असमझदारीका कारण मानव अधिकार उल्लङ्घन बढ्ने जोखिम देखिएको भन्दै संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याई सबै नागरिकका अधिकार सुनिश्चित गर्न आवश्यक रहेको डब्लुएचआरलेले उल्लेख गरेको छ।

यस वर्षको महाभेला ‘मानव अधिकारको सम्मान, सुशासनको सुनिश्चितता, न्यायपूर्ण समुन्नत नेपाल’ मूल नाराका साथ सञ्चालन हुनेछ। राष्ट्रिय मानव अधिकार आयोग, गैरसरकारी महासंघलगायत १२५ मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रका संस्था सहभागी हुने महाभेलामा देशभरबाट एक हजार भन्दा धेरै प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ।

महाभेलाको प्रमुख आतिथ्यता गृह मन्त्रालयका गृहमन्त्री ओमप्रकाश अर्याल रहने छन्। मुख्य संयोजक तथा एजिन नेपाल र युनिफिकेशन नेपाल सह–संयोजकका रूपमा रहँदै कार्यक्रम व्यवस्थापनमा जुटिरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.