राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष बार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेस गरेको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment