नेपाली कम्युनिष्ट पार्टी बाजुराको एकता सभा मंसिर २९ गते मार्तडीमा हुने

डिसी नेपाल
२२ मंसिर २०८२ ८:१६
24
Shares

बाजुरा । नेपाली कम्युनिष्ट पार्टी बाजुराले एकताको सभा सदरमुकाम मार्तडी हुने भएको छ। यहीँ मंसिर मंसिर २९ गते एकता सभा भव्य रुपमा मार्तडी गरिने नेपाली कम्युनिष्ट पार्टी बाजुराले जनाएको छ ।

एकीकृत समाजवादी, नेकपा माओवादी सहितका दलहरुको एकतापछिको पहिलो सभा सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश बहादुर शाहले जानकारी जानकारी दिए।

पहिलो एकता सभाको तयारीका लागि जिल्ला कमिटीको बैठकले विभिन्न उप समिति समेत गठन गरेको पार्टीका नेता शाहले बताए । नेता शाहको संयोजकत्वमा केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, साविक पार्टीका जिल्ला कमिटीका पदाधिकारीहरु सदस्य रहने गरी ५१ सदस्यीय मुल समिति गठन समेत गरिएको छ ।

बैठकले आर्थिक परिचालन तथा व्यवस्थापन समितिको संयोजकत्वमा नरेश शाही रहने गरी ९ सदस्यीय उप समिति बनाइएको छ । जनपरिचालन उप समितिमा नेपाली कम्युनिष्ट पार्टीका नेता कर्ण बहादुर वि.क. संयोजक रहने गरी साविकका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी अध्यक्ष सदस्य रहेका छन् ।

मञ्च व्यवस्थापन उप समितिमा मनलाल खत्री संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ । भने प्रचार प्रसार उप समितिमा अनिल शाही संयोजक रहने गरी सात सदस्यीय उप समिति गठन गरिएको छ । यस्तै बैठकले साँस्कृतिक परिचालन उप समितिमा दीपक बसढा संयोजक र जयवीर कटेल सह संयोजक रहेका छन् ।

स्वयम सेवक परिचालन उप समितिमा पुर रावत संयोजक रहने गरी पाँच सदस्यीय उप समिति गठन भएको छ । अतिथी सत्कार उपसमितिमा कमल कुमारी शाह संयोजक रहेको पाँच सदस्यीय उप समिति बनाइएको छ ।भने  खाद्य व्यवस्थापन उप समितिमा चन्द्र थापा संयोजक रहने गरी पाँच सदस्यीय र यातायात व्यवस्थापन उप समितिमा किशोर खड्का संयोजक रहने गरी उप समिति पनि गठन गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.