कांग्रेसमा नेतृत्वको होडबाजी
काठमाडाैं। नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन आगामी पुस अन्तिम साता हुँदैछ। यही महाधिवेशनले कम्तीमा चार वर्षका लागि कांग्रेसकाे नयाँ नेतृत्वसहित केन्द्रीय कार्य समिति चयन गर्नेछ।
महाधिवेशनकाे मिति घाेषणा भएसँगै नेतृत्वका आकांक्षीहरुकाे दाैडधुप पनि सुरू भएकाे छ। महाधिवेशन पुन अन्तिममा हुन्छ कि हुँदैन भन्नेमा अझै शंका कायम रहेपनि तयारी भने तीव्र पारिएकाे छ। महाधिवेशनकाे सबैभन्दा महत्वपूर्ण पाटाे टुंगाे नलागेकाले खिचातानी कायमै छ।
यसमा सभापतिमा उम्मेदवारी दिने घाेषणा गरेका महामन्त्री गगन थापाले क्रियाशील सदस्यताकाे विषय टुंगाेमा पुग्न थालेकाे बताएका छन्। महाधिवेशनको आकर्षण यति छ कि अबको नेतृत्व नयाँ नेताको हातमा जाँदैछ।
आगामी महाधिवेशनबाट हालका सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन्। जेन-जी आन्दाेलनका क्रममा आक्रमणामा परेपछि उनले अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाइ कार्य वाहक सभापतिकाे जिम्मेवारी दिइसकेका छन्।
विधानले नै देउवालाई नेतृत्वमा दोहोरिने सुविधा नदिएकाले दुई पटक सभापति भएपछि उनी स्वतः पदबाट बिदा हुन लागेका हुन्। सस्थापन पक्ष देउवाकाे आर्शीवाद लिएर नेतृत्व हत्याउने दाउमा छ। तर कसलाई नेतृत्वका लागि उनको समर्थन रहन्छ अझै खुलेको छैन।
ओपन सेक्रेट त यो छ कि उनले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति खड्कालाई कार्यवाहककाजिम्मेवारी दिएका छन्। यसकारण पनि खड्काले चाहँदासम्म उनी नै सभापतिका उम्मेदवार हुनेछन्। खासमा नेतृत्वमा आउने महामन्त्री वा उपसभापतिबाट हुन्छ।
अहिलेको कार्यसमितिमा संस्थापनबाट दुई महामन्त्री र एक उपसभापति संस्थापन इतरका छन्। खड्कामात्र संस्थापनका हुन्। त्यसैले उनी निर्विकल्पजस्ता देखिन्छन्। उनीबाहेक संस्थापनलाई साथ दिँदै आएका बुढा भइसकेका कृष्णप्रसाद सिटौला पनि छन्।
अर्का प्रत्यासी विमलेन्द्र निधी पनि छन्। संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, सिटौला, डा. शशांक कोइराला, निधी, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत निरन्तर संवादमा रहेृको पाइएको छ। अहिले कार्यवाहक भमिकामा रहेका खड्का आगामी नेतृत्वमा दाबी स्वभाविक भए पनि महाधिवेशनको मिति विवाद सल्टाउनसमेत देउवाकै मुख ताकेकाे भन्दै उनकाे कार्यक्षमतामाथि नै नेताहरूले प्रश्न उठाएका छन्।
त्यो प्रश्न उठाउने संस्थापनका सात भाइमध्येकै हुन्। यो टिममा कार्यवाहक सभापति खड्का, बालकृष्ण खाँड, एनपी साउदलगायतका नेताहरू पनि एकैठाउँमा उभिन सक्न सम्भावना उत्तिकै छ।
आकांक्षी सबै नेताहरुलाई देउवाको आशीर्वाद नभइ अगाडि बढेर नतिजा आफ्नो हातमा पार्न सकिँदैन भन्नेमा ढुक्क छन्। यता संस्थापन इतरमा डा शेखर कोइराला र गगन थापा पक्ष एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ।
१४ औँ महाधिवेशनको टिम एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै आएका छन्। त्यसो हुन सक्ने हो भने १४ औँ महाधिवेशनमा हात पार्न नसकेको सफलता पनि यसपालि झनै हात पर्ने देखिएको उनीहरुको विश्लेषण छ। महामन्त्रीमै उठेर जितेका विश्वप्रकाश शर्मा अहिले शेखर-गगन पक्षतिरै छन् भने महामन्त्रीमा उठर नजितेका प्रदीप पाैडेल पनि अहिले शेखर-गगन पक्षमै छन्।
त्यसैले पनि शेखर-गगन समूह बलियो देखिएको छ। अर्कातर्फ सरकारमा गएर अवसर लुट्ने नेताहरु संस्थापन पक्षकै भएकाले गर्दा पनि शेखर पक्ष बलियो छ। संस्थापन इतरपक्षका मध्यमार्गी नेताहरु शेखर कोइराला र गगन थापा सँगसँगै बसेर एक ठाउँमा दृढतापूर्वक उभिने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।
शेखर र गगनबीच छलफलसमेत भएकाे छ। शेखर १४ औं महाधिवेशनमा सभापति लडेका थिए। त्यसकारण पनि उनी यसपालि प्रमुख हकदार हुन्। गगन महामन्त्री भइसकेकाले उनको दावेदारी मनासिब छ। संस्थापन र इतर पक्षमा सभापतिकाे उम्मेदवार टुंगाे लगाउन सकस भइरहेकाे छ।







डिसी नेपाल








Facebook Comment