पत्रकार जीवनराम भण्डारी भन्छन्- बालेन, हर्क र कुलमान अहंकारी प्रवृत्तिका

डिसी नेपाल
२३ मंसिर २०८२ ८:२३
52
Shares

काठमाडाैं। वरिष्ठ पत्रकार जीवनराम भण्डारीले डिसी नेपालसँग अन्तरंग कुराकानी गरेका छन्। डीसी नेपालकाे कार्यक्रम ‘द बृज टक सो’ मा पत्रकार भण्डारीले खुलेर आफ्ना विचारहरू व्यक्त गरेका हुन्।

करिब ३६ वर्ष लामो पत्रकारिता यात्रामा आफू सफल रहेको उनले बताए। साथै, पूर्व राजाहरूले गरेका देशभक्तिपूर्ण कामहरूको स्मरण र समर्थन पनि उनले जनाए।

सञ्चारकर्मी अर्जुन दाहालले गरेका धारिलो प्रश्नहरूको सामना गर्दै भण्डारीले आसन्न चुनावअघि रवि लामिछाने जेलमुक्त हुने सम्भावना नरहेको दाबी गरे। बालेन, हर्क र कुलमानहरू अहंकारी प्रवृत्तिका भएकाले उनीहरू एक हुने सम्भावना नरहेको उनले बताए। त्यस्तै, गगन थापा कांग्रेस सभापति बन्ने सम्भावना कम रहेको र चुनावअघि नै सरकार परिवर्तन हुनसक्ने समेत उनले खुलासा गरे।

उनका अनुसार चुनाव हुने सम्भावना पनि न्युन देखिन्छ। यदि चुनाव भयो भने पनि कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरूका सीट संख्या घट्ने उनले विश्लेषण गरे। साथै, नेपालमा एउटै समयमा दुईवटा कम्युनिस्ट पार्टी बलियो बन्ने अवस्था नरहेको धारणा पनि उनले राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.