प्रतिनिधिसभा निर्वाचनः गगन रोल्पा र आरजुको नाम कैलालीबाट सिफारिस

डिसी नेपाल
२३ मंसिर २०८२ १७:१७
1.4k
Shares

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोप्पाबाट सिफारिस भएको छ।

जिल्ला कार्यसमिति रोप्पाको आज बसेको बैठकले निर्वाचनको उम्मेदवारका लागि महामन्त्री थापासहित ४ जनाको नाम सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरुमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा.मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली रहेका छन्।

यसैगरी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आसन्न प्रतिनिधिसभा सभा सदस्य निर्वाचनको उम्मेदवारमा सिफारिस भएकी छन्। डा.राणा कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएकी हुन्।

कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको आज (मंगलबार) बसेको बैठकले उम्मेदवारमा राणा, डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.