प्रधानमन्त्रीसँग सुदन गुरुङको भेट, जेनजीसँग हुने सम्झौताबारे चासो

डिसी नेपाल
२३ मंसिर २०८२ १८:००
32
Shares

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलनलाई वैधता दिनेगरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष  हस्ताक्षर गर्नुपर्ने उनको भनाइ थियो।

यस्तै उनले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.