पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा निलम्बित महानिर्देशकलाई पाँच लाख धरौटीसहित तारेखमा राख्न आदेश
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललको लागत बढाई सम्झौता गरिएको आरोपमा अख्तियारले दायर गरेको भ्रष्टाचार सम्बन्धी मुद्दामा मंगलबार विशेष अदालतले धरौटीको आदेश गरेको छ ।
फरक फरक प्रतिवादीलाई सोहीअनुरूपको धरौटी आदेश जारी भएको हो । मुख्य आरोपी नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटी लिएर तारेखमा राख्ने आदेश आएको छ ।
निलम्बित निर्देशक मुरारी भण्डारी १ लाख रुपैयाँ धरौटी लिने आदेश गरिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठले जारी गरेको आदेशमा दुवै प्रतिवादीको बयान तथा मिसिल कागजात अध्ययनपछि अभियोग दाबीमा उठाइएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment