मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेका छौः स्वास्थ्य मन्त्री गौतम

डिसी नेपाल
२४ मंसिर २०८२ १६:१०
8
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्।

बुधबार आयोजित स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ नामक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताएकी हुन्।

उनले भनिन, ‘अहिले हामीले के गरिरहेका छौ भने त्यसलाई यो प्राथमिकताको विषय हो भनेर स्थापित गर्यौ। अहिले आएर कसैले पनि मानसिक स्वास्थको गहनता यसको आवश्यकता नबुझेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोही छैन। र अन्य साझेदारी निकायमा पनि पून यसले प्राथमिकता स्थापित गर्ने मौका पाएको छ।’

मन्त्री गौतमले मानसिक स्वास्थ्यका नीति तथा रणनीतिहरू विगतदेखि नै रहे पनि त्यसको कार्यान्वयन गति अत्यन्तै सुस्त र स्रोत सीमित रहेकाले अब यसलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताइन्।

‘हामीले मानसिक स्वास्थको क्षेत्रमा गरेका कामहरु भन्छु है, हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतका विभिन्न कार्यक्रमहरुमा मानसिक स्वास्थका नीति र रणनीतिहरु, कार्यक्रमहरु नभएका हैनन्। तर तिनीहरुको गति एकदम सुस्त र त्यसको लागि स्रोतहरु एकदमै कम भईरहेको अवस्था छ,’ उनले भनिन्।

उनले मानसिक स्वास्थ्यसम्बन्धी सरकारी नीतिहरू पर्याप्त र प्रभावकारी भए पनि ती नीतिको प्रचारप्रसार कमजोर रहेको बताइन्। साथै, उनले यसका लागि हाल विविध पहलहरू अघि बढाइएका र मनोसामाजिक परामर्श उपलब्ध गराउन हटलाइन सेवा सञ्चालनदेखि अन्य सहयोगात्मक कार्यक्रमहरूमा समेत सम्बन्धित टोली सक्रिय रूपमा सहभागी भइरहेको जानकारी दिइन्।

‘हाम्रा नीतिहरु राम्रा थिए तर त्यसको प्रचारका कुरा राखेका थिएन्। हाम्रा साथिहरुले त्यसको प्रचारको लागि मनोसामाजिक परामर्श दिनका लागि हटलाइनलाई सुचारु गर्नेदेखि अन्य कामहरुमा लागिरहनु भएको छ,’ उनले भनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.