थाइल्याण्ड र कम्बोडियाको युद्ध तत्काल नरोकिने संकेत

डिसी नेपाल
२४ मंसिर २०८२ १९:२९
56
Shares

काठमाडौं । थाइल्याण्ड र कम्बोडिया बीचको पछिल्लो लडाईं तेस्रो दिनमा प्रवेश गरेको छ। दुई शक्तिशाली एसियाली राष्ट्रहरू बीचको यो द्वन्द्व एक महत्वपूर्ण मोडमा पुगेको छ।

रकेट, ड्रोन, एफ१ ६ जेट, तोपखाना र विमान विरोधी क्षेप्यास्त्रहरू प्रयोग भइरहेका छन्। लडाईंले केवल तीन दिनमा दुवै देशका ६ लाख भन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ। लडाईंमा अहिलेसम्म तेह्र सैनिकको मृत्यु भइसकेको छ।

दुई दक्षिणपूर्वी एसियाली छिमेकीका अधिकारीहरूले बुधबार एकअर्कालाई उत्तेजक कार्यहरूको आरोप लगाएका छन् ।

थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङ्सिरीले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने-कि सात प्रान्तबाट ४,००,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

“हामीले ठूलो सुरक्षा खतराको अनुमान गरेका थियौं, जसले गर्दा ठूलो संख्यामा मानिसहरू सुरक्षित स्थानहरूमा सरेका थिए,” उनले भने।

थाई सेनाले यो पनि भन्यो – कम्बोडियाबाट प्रहार गरिएका रकेटहरू बुधबार बिहान सुरिनको फानोम डोङ राक अस्पताल नजिकै खसेका थिए, जसले गर्दा बिरामीहरू र अस्पतालका कर्मचारीहरू बंकरमा लुक्न बाध्य भएका थिए।

थाई पत्रिका द नेसनको रिपोर्ट अनुसार, कम्बोडियाले चोंग बोक-चोंग आन मामा ८० भन्दा बढी ड्रोन आक्रमण, बीएम-२१ रकेट र ट्याङ्क फायर गरेको छ, जहाँ चार सीमावर्ती प्रान्तहरूमा १,७१,००० मानिसहरूले शरण लिएका छन्।

थाई सेनाले थाई-कम्बोडियन सीमामा रातभर भएको भारी लडाईंको विवरण सार्वजनिक गर्दै कम्बोडियन सेनाले चोङ बोक र चोङ एन मामा रहेका थाई स्थानहरूमा ८० भन्दा बढी ड्रोन आक्रमण, BM बीएम-२१ रकेट र ट्याङ्क फायर गरेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.