सम्झौतामा हस्ताक्षरपछि जेनजी आन्दोलनमा तनाव, प्रधानमन्त्री कार्यालयमै चर्को विवाद
काठमाडौं। जेनजी समुह र सरकारबीच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो। जेनजी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । विवादपछि उनीहरूले सम्झौताको प्रति पनि च्यातिदिएका थिए।
जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवतीहरु एक आपसमा झगडा गरेका हुन्।
प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन्।
अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो।










प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment