अमेरिकाको भिसामा अत्यन्तै कडाई, निवेदन दिइसकेका सबैको समेत फेरि जाँच हुने

डिसी नेपाल
२५ मंसिर २०८२ ११:२५
144
Shares

काठमाडौं । अमेरिकी विदेश विभागले सबै भिसा आवेदकहरूको विस्तृत जाँच फेरि गरिने बताएको छ । पुनः हुने जाँचमा आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा सहित जाँच गरिनेछ ।

यसको अर्थ, आवेदकले विगतमा आफ्नो सामाजिक संजालमा गरेका पोस्टहरूको पनि जाँच हुनेछ । र, ती पोस्टमा उल्लेख भएका कुराहरू वा आवेदकले शेयर गरेका कुराहरू अमेरिकालाई चित्त नबुझेमा भिसा अस्वीकृत हुनेछ ।

विभागले डिसेम्बर १५ देखि ए-४ भिसा श्रेणी अन्तर्गत पर्ने सबै एच-१ बी भिसा आवेदकहरू र उनीहरूका आश्रितहरूको अनलाइन उपस्थितिको पनि समीक्षा गरिने बताएको छ।

“सबै भिसा आवेदकहरूको जाँच गरिनेछ। यसमा ‘एफ’, ‘एम’, र ‘जे’ गैर-आप्रवासी वर्गहरूमा रहेका सबै विद्यार्थी र एक्सचेन्ज भिजिटर आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा समावेश छ,” अमेरिकी विदेश विभागले एक विज्ञप्तिमा भनेको छ।

यसका लागि, आवश्यक परेमा अमेरिकी विदेश विभागले अन्तरवार्ताका लागि दिइएको समय तालिकामा परिवर्तन गर्नेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.