पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन-जी आन्दोलनका ध्वस्त संसद भवनको अवलोकन
काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट ध्वस्त भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी छन्।
बिहीबार पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँबानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए।
संसद भवनको अवलोकन गरेपनि भण्डारीले आफूलाई संसद भवनको अवस्था देखेर दुःख लागेको संक्षिप्त प्रतिक्रिया दिइन्। जेनजी आन्दोलनका क्रममा संसद भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो।
ध्वस्त भएको नयाँ बानेश्वरस्थीत संघीय संसद पुननिर्माणमा भन्दा पनि सरकारले सिंहदरबारमा निर्माणधीन संसद भवनबाटै काम सुरु गर्ने गरि तयारी गरिरहेको छ।

















डिसी नेपाल








Facebook Comment