कांग्रेस काठमाडौं-८ बाट प्रतिनिधि सभा चुनावका लागि ७ नाम सिफारिस, डा. अमितसिंह कार्की बलियो दाबेदार

डिसी नेपाल
२५ मंसिर २०८२ १८:५७
56
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात जनाको नाम सिफारिस गरेको छ।

क्षेत्रीय समितिको पूर्ण बैठकले डा. अमितसिंह कार्की, राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ र मुस्कानराज गौतमलाई सिफारिस गरेको हो।

बैठकमा स्थानीय तहका छलफल, संगठनगत मूल्यांकन र कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा सिफारिस सूची तयार गरिएको समितिले जनाएको छ।

उम्मेदवार सूचीमा डा. अमितसिंह कार्कीलाई सबैभन्दा बलियो दाबेदारका रूपमा प्रस्तुत गरिएको छ। क्षेत्रीय नेतृत्वका अनुसार कार्कीको दीर्घ संगठनात्मक संलग्नता, क्षेत्रीय सक्रियता र विकास–निर्माणका मुद्दामा प्रस्तुत धारणा मुख्य कारण बनेका छन्।

अब सिफारिस नामावली केन्द्रीय समितिमा पठाइनेछ। प्रतिनिधि सभा चुनावका लागि अन्तिम निर्णय पार्टी केन्द्रीय नेतृत्वले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.