कम्बोडियासँगको द्वन्द्वका बीच थाई प्रधानमन्त्रीद्वारा संसद विघटन

डिसी नेपाल
२६ मंसिर २०८२ १२:४७
680
Shares

काठमाडौं । कम्बोडियासँगको सीमामा एक हप्तासम्म चलेको झडपपछि थाइल्याण्डका प्रधानमन्त्रीले संसद भंग गरेका छन् । यसका साथै, ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव हुनेछ।

शुक्रबार जारी गरिएको एक आदेशमा प्रधानमन्त्री अनुतिन चार्नविराकुलले भने – उनको अल्पमतको सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गर्नु परेको छ।

“उपयुक्त समाधान भनेको संसद विघटन गर्नु हो… जुन जनतालाई राजनीतिक शक्ति फिर्ता हस्तान्तरण गर्ने तरिका हुनेछ,” उनले भने।

व्यवसायीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ देखि थाइल्याण्डको तेस्रो प्रधानमन्त्री हुन् । सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्ममा संसद विघटन गर्ने वाचा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.