एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

डिसी नेपाल
२६ मंसिर २०८२ १४:२७
24
Shares

काठमाडौं। नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन्। उनले टेबलटेनिस यु-२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन्।

बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३-२ सेटमा पराजित भए। फाइनलमा न्यौपानेले चाइनिज ताइपेइका खेलाडीसँग पहिलो सेट १३-११ अंकले र तेस्रो सेट १२-१० ले जिते पनि दोस्रो सेटमा ११-६, चौथो सेट ११-५ र अन्तिम सेटमा १२-१० अंकले हार बेहोरेका थिए।

न्यौपानले सेमिफाइनलमा फिलिपिन्सका बार्गे काबनेरोेलाई ३-१ सेटमा पराजित गरेका थिए। उनले उक्त खेल ११-९, ११-८, ५-११ र ११-९ अंकले जितेका थिए। न्यौपानेले लिग चरणमा भने काजकिस्तान, कीर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए। टेबलटेनिसमा महिलातर्फ निर्मला भण्डारीले सहभागिता जनाएकी युएइमा रहेका राष्ट्रिय पारा टेबलटेनिस संघका अध्यक्ष गणेश केसीले जानकारी दिए।

एसियन पारा युथ गेम्समा नेपालले टेबलटेनिससहित एथलेटिक्स, तेक्वान्दो र भारत्तोलनमा सहभागिता जनाएको छ। प्रतियोगिता यही मङ्सिर २८ गतेसम्म चल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.